अस्पतालमा राजनीतिक दलको भागबन्डा: महिना दिनअघि उत्कृष्ट अहिले पदाधिकारी नै बर्खास्त

पोखरा: प्रदेश सरकारको स्थापना दिवसको अवसरमा गत ४ फागुनमा संक्रामक तथा सरुवा रोग अस्पताल उत्कृष्टका रूपमा पुरस्कृत भयो। तर, त्यसको डेढ महिनापछि सोही अस्पतालका व्यवस्थापन समितिका पदाधिकारीलाई भने गण्डकी प्रदेश सरकारले अयोग्य ठहर गर्दै बर्खास्त गर्‍यो। अस्पताल उत्कृष्ट तर पदाधिकारी अयोग्य हुनुमा व्यवस्थापकीय क्षमतामा प्रश्नभन्दा राजनीतिक विषय हाबी छ।  …