स्वास्थ्य बीमा: ऐन ल्याउने प्रधानमन्त्री र तत्कालीन मन्त्री गगनको एक स्वर, उदासिन स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य बीमा बोर्ड ऐनअनुसार नचल्दा आएको समस्यालाई लिएर स्वास्थ्य मन्त्री बस्नेतकहाँ सरोकारवालाहरुले नियमित गुनासो गरिरहे। तर, कहिल्यै पनि उनी सर्वपक्षीय छलफलका लागि तयार भएनन्। बरु बीमा बोर्डमा हुन झिनामसिना अवसरमा आफूनिकटलाई पार्न उनी सक्रिय भए।
काठमाडौँ, १८ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गर्ने बताएका छन् ।
बिमित नागरिकलाई सरकारी अस्पतालमै पुग्नुपर्ने, नभए बीमा सेवाबाट वञ्चित हुनुपर्ने अवस्था त बनेको छ नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।
बिहीबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकीकरण तथा सम्झौता हस्ताक्षर कार्यक्रम' बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताएका हुन्।
काठमाडौँ, १७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उनीहरुबीच आज मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए । भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल […]
१५ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालद्वारा आज आयोजित दोस्रो ‘आधारभूत जीवन सहयोग’ दिवसमा उनले यसअघि स्वास्थ्य क्षेत्रको प्रयास अपर्याप्त भएकाले स्वास्थ्य नीति लागू गराएर द्रूत गतिमा काम आफ्नो प्रयास रहने बताएका हुन् । ‘यसअघिका स्वास्थ्य क्षेत्रका प्रयास अपर्याप्त देखिए, हामी […]
ललितपुरको जावलाखेलस्थित लाइफलाइन हेल्थ होम केयरले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा उनले पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने गरी कार्ययोजना बनाएर सुरु गरेको अभियान निरन्तर जारी रहेको बताए।
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा एकता व्यापार संघले आयोजना गरेको वृहत् निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै उनले जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि निजी र सरकारी क्षेत्र मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका हुन् । उनले अझै पनि जनसङ्ख्या अनुसार स्वास्थ्य […]