दुई वर्ष ओली नेतृत्वको सरकार वा आउँदाे मंसिरमा निर्वाचन : विष्णु रिजाल

काठमाडौं : नेकपा एमाले खनाल–नेपाल समूहका नेता बिष्णु रिजालले अबको दुई बर्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार वा २०७८ मंसिरमा निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन्।  नेता रिजालले फेसबुकमार्फत् अहिलेको परिस्थितीमा पार्टीभित्रको समस्या समाधान गर्नका लागि दुई मात्रै विकल्प भएको बताएका हुन्। प्रमुख प्रतिपक्षी सरकारमा पनि नजाने र अविश्वास प्रस्ताव पनि नल्याउने अनि माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको अवस्थामा अब दुई वर्ष ओलीलाई प्रधानमन्त्री मान्ने वा ओलीकै नेतृत्वमा आगामी मंसिरमा चुनावमा जानुको व...

सम्बन्धित सामग्री

एमाले दैलेखले टुंग्यायो उम्मेदवार

नेकपा (एमाले) जिल्ला कमिटी दैलेखको पाँचौं बैठकले प्रतिनिधिसभा सदस्यका २ र प्रदेशसभाका ४ क्षेत्रका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा प्रत्यक्षतर्फ १ नम्बरबाट ३ र २ नम्बरबाट ५ जनालाई सिफारिस गरेको हो ।१ नम्बर निर्वाचन क्षेत्रबाट रविन्द्रराज शर्मा, धर्मराज रेग्मी र रेखा थापा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका हुन् भने २ नम्बरबाट विष्णु रिजाल, लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, विनोदकुमार शाह र राजबहादुर शाही उम्मेदवार सिफारिस भएका छन् ।

एमाले विभाजनको क्षतिपूर्ति भइसकेको छ : विष्णु रिजाल

सुर्खेत । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी विभाजनको क्षतिपूर्ति अन्य दलबाट आउनेहरुबाट गरिएको दाबी गरेका छन् । आज (बुधबार) बिहान सुर्खेतमा आयोजित स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले पार्टी विभाजनका बाबजुद पनि आगामी निर्वाचनमा एमालेले राम्रो स्थान हासिल गर्ने विश्लेषण सुनाए । रौतहट जिल्लाबाट चार मेयर, ६ उपमेयर र […]

ओलीलाई नै नेतृत्व लिन आग्रह गरेका छौँः विष्णु रिजाल

शुक्रबारबाट चितवनमा नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । उद्घाटन सत्र चितवनको नारायणी किनारमा सम्पन्न भएको छ भने शनिवारदेखि बन्दसत्र सौराहामा सुरु हुनेछ । दशौँ महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्ने छ । शनिबारदेखि नै निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने दावी गरिएपनि अहिलेसम्म ठोस प्रगति देखिएको […]