रुपचन्द्र विष्टको ‘थाहा अभियान’ पढाउँदै थाहा नगरपालिका, पाठ्यक्रममा के छ ?

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्क्रम ‘थाहा ज्ञानमाला’ तयार पारेर आगामी वर्षबाट लागु गर्ने तयारी गरेको हो ।नगरपालिकाले दुई चरणमा गरी सो पाठ्यक्रम लागु गर्ने योजना अघि सारेको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए । नगरपालिकाले पहिलो चरणमा पालिकाभित्रका सबै विद्यालयको १ देखि ५ कक्षासम्म आगामी वर्षदेखि ‘थाहा ज्ञानमाला’को पठनपाठन सुरु