संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन हुन नसके पत्रकारहरुसँगै आफू स्वयम सडक आन्दोलनमा उत्रिने बताएका छन् । बुधबार काठमाडौंमा भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उदघाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने,‘श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ, यसका लागि महासंघ सक्रिय हुनुपर्छ, यदि ऐन कार्यान्वयन नआए आफैं सडकमा आउन तयार छु ।’