पर्सा : बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी

सुत्केरी गराउन भारतको बेतिया, मोतिहारी, रक्सौलको डंकन अस्पताल तथा वीरगञ्जका अस्पतालमा जानुपर्ने बाध्यता रहेकामा अब यहाँका महिला आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा खुशी भएको वडा नं २ भेरिहर्वाका कमल दासको भनाइ छ।