खर्बौं रुपैयाँ तलमाथि पर्ने गरी सेटिङमा करका दरहरू हेरफेर गरेको ओलीको आरोप

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खर्बौैं रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरू हेरफेर गरेको बताए ।शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौँको खेल गरेको बताए ।सरकारले सेटिङमा अर्बौँ रुपयाँ तलमाथि पर्नेगरी करको दर हेरफेर गरेको उनले बताए । […]