काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १ सय २२ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले मंगलबार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालू आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला गरेका १ सय २२ वटा मुद्दामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो।कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालू आर्थिक वर्षमा विशेष अदालतबाट १ सय ६३ वटा मुद्दा