श्रीलङ्का सरकारद्वारा क्रिकेट बोर्ड बर्खास्त

कोलम्बो- विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्का सरकारले त्यहाँको क्रिकेट बोर्डलाई बर्खास्त गरिदिएको छ । त्यहाँका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका हुन् । व्यापक भ्रष्टाचारको आरोपसँगै महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ । श्रीलङ्काको सन् १९९६ विश्वकप विजेता कप्तान […]

सम्बन्धित सामग्री

यु–१९ विश्वकप क्रिकेटको खेल तालिका परिवर्तन

आगामी महिना हुने आइसिसी यु–१९ विश्वकपको मिति परिवर्तन भएको छ । श्रीलङ्का क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि विश्वकप दक्षिण अफ्रिकामा सरेको थियो ।

१९ वर्षमुनिको विश्वकप क्रिकेट श्रीलङ्कामा नहुने - NepaliPatra

काठमाडौँ। १९ वर्षमुनिको पुरुष विश्वकप क्रिकेट श्रीलङ्कामा नभई दक्षिण अफ्रिकामा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बोर्ड बैठकले प्रतियोगिता श्रीलङ्काबाट दक्षिण अफ्रिकामा सार्ने निर्णय गरेको हो। श्रीलङ्का बोर्डको प्रशासनमा व्यापक सरकारी हस्तक्षेपको कारण आईसीसीले भर्खरै श्रीलङ्का क्रिकेटलाई अस्थायीरूपमा निलम्बन गरेपछि विश्वकप हुने स्थान पनि सरेको हो। श्रीलङ्का क्रिकेट बोर्ड र खेलकुदमन्त्री रोशन रणसिङ्घेबीच विगत […]

खेलाडी सङ्क्रमित भएपछि श्रीलङ्का र भारतबीचको टी ट्वान्टी स्थगित

भारत र श्रीलङ्काबीचको दोस्रो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल एक दिन पर धकेलिएको छ । मङ्गलबार बिहान भारतीय क्रिकेट टोलिका एकजना अलराउन्डरमा कोभिड १९ सङ्क्रमणको पुष्टि भएपछि साँझका लागि निर्धारित खेल स्थगित भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले भारत क्रिकेट टोलिका अलराउन्डर क्रूनाल पाण्डयामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । पाण्ड्याको सम्पर्कमा रहेका आठ जना खेलाडी आईसोलेशनमा बसेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) र श्रीलङ्काली क्रिकेट बोर्ड(एसएलसी)ले संयुक्त वत्तब्य जारी गरी मङ्गलबारका लागि निर्धारित दोस्रो टी ट्वान्टी अब बुधबार हुने तय भएको उल्लेख गरेको छ ।

आईसीसीका म्याच रेफ्री कोरोनाबाट सङ्क्रमित

साउथहयाम्पटनमा दुई टोलिबीचको तेस्रो टी ट्वान्टी शनिबार अबेर राति सम्पन्न भएको थियो । इंग्ल्याण्ड क्रिकेट बोर्ड(ईसीबी)ले म्याच रेफ्री फिलमा सङ्क्रमणको पुष्टि भएपछि पाँच जना खेल अधिकारीलाई परिवर्तन गरेको छ । इंग्ल्याण्डले श्रीलङ्का बिरुद्ध एकदिवसीय श्रृखंला खेल्ने तालिका रहेको छ । श्रृखंलाको पहिलो खेल चेष्टर ली स्ट्रिटमा मंगलबार हुनेछ । ीफल विट्टीकेसको शुक्रबार कोरोना परीक्षण गरिएको थियो । म्याच रेफ्री फिलले शनिबार श्रीलङ्का र इंग्ल्याण्डका कप्तानको बीचमा उभिएर टस गराउनुभएको थियो । “उहाँमा कुनै लक्षण देखिएको छैन् र उहाँको स्वास्थ्य अवस्था ठीकै रहेको” ईसीबीले जनाएको छ ।