सिरहाको लहानमा गोली चल्दा एक युवक घाइते भएको छ। आफ्नै साथीहरूले चलाएको गोली पेटमा लाग्दा लहान नपा २२ वेलहीका १८ वर्षीय दिलीप मुखिया घाइते भएका हुन्। घाइते मुखियाको स्थानीय स्तरमा उपचार हुन नसकेपछि उपचारका लागि धरान लगिएको पठाइएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ।उनीहरू गाउँमै नवीन चौधरीको घरको माथिल्लो तल्लामा बसेर मोबाइलमा पब्जी गेम खेल्दै गरेको बेला १९ वर्षीय सुरज मुखियासँग भएको पेस्तोल सँगै रहेका १५ वर्षीय सुशान्त चौधरीले लिएर ख्यालठट्टामा चलाउँदा मुख