रामचन्द्र पौडेलले भेटे ओलीलाई, सभामुखलाई हटाउनुपर्ने ओलीको सर्त

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । संसद् र अदालतको गतिरोध अन्त्य गर्ने प्रयास स्वरूप पौडेलले ओलीलाई भेटेका हुन् । जवाफमा ओलीले सभामुख अग्नि साप्कोटालाई हटाउनुपर्ने र पाँच दलीय गठबन्धन तोड्नुपर्ने सर्त राखेको नेता रामचन्द्र पौडेलले जानकारी दिए । "अदालतमा पनि गतिरोध, संसद्मा पनि गतिरोध, राज्य व्यवस्थामा...