रुकुम पश्चिम – रुकुम पश्चिम र जाजरकोट जोड्ने झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ । बाइसे चौबिसे राज्यकालताका भेरी नदीमाथि बनाइएको झाेलुङ्गे पुल जीर्ण बनेपछि पुलबाट वारपार गर्ने विद्यार्थी र सर्वसाधारण प्रभावित बनेका छन् । झोलुङ्गे पुलमा रहेका फ्ल्याकहरू ठाउँ-ठाउँमा उक्किएका छन् भने वरिपरि रहेका तार, जालीहरू फुत्किँदै गएका छन् । पुलका विभिन्न भागमा रहेका नट बोल्टहरू समेत झरेका छन् । याे पुल रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ र जाजरकोटको भेरी नगरपालिका-११ मटेलाबीचकाे भेरी ...