बङ्गलादेशमा शनिबारदेखि आइतबार बिहानसम्मको २४ घण्टामा तीन हजार १२२ जना नयाँ डेङ्गुका बिरामी फेला परेका छन्। यस वर्ष एकै दिनमा अस्पताल भर्ना भएका बिरामीको यो सङ्ख्या अहिलेसम्मको नै सबैभन्दा बढी भएको ढाका ट्रिब्युनले जनाएको छ।प्रतिवेदनअनुसार यो अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने रोगका कारण थप १८ जनाको मृत्यु भएको छ।स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यो वर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ८२२ पुगेको छ। ढाका ट्रिब्युनका अनुसार ढाकाका अस्पतालमा ८४९ जना र राजधानी बाहिरका अस्पतालमा ड