उपत्यकामा मात्रै थपिए ४६ सय ७६ संक्रमित, ५२ हजार नाघे बिरामी

काठमाडौं:  सोमबार एकैदिन काठमाडौं उपत्यकामा ४ हजार ६७६  जना कोरोना संक्रमित थपिएका छन्। यस्तै,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल काठमाडौं उपत्यकामा ५२ हजार ८४२ जना संक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा ३८ हजार ५८१ जना, भक्तपुरमा ५ हजार २१० जना र ललितपुरमा ९ हजार ५१ जना रहेका छन्। सोमबार मात्र देशभर १० हजार ३१९ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा ४ हजार ६७६ जना संक्रमित थपिएका हुन्। जसमा काठमाडौंका ३ हजार ६३४ जना, ललितपुरमा ५ सय ८७ जना र