भीमफेदी कारागारका २१ कैदीको बाँकी कैद मिनाह

हेटौंडा : संविधान दिवसको अवसरमा मकवानपुरको भीमफेदी कारागारमा रहेका २१ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ। संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आधा कैद सजाय भोगिसकेका राम्रो आचरण भएका कैदिबन्दीको कैद मिनाह गर्दै आएकी छन्।सोहीअन्तर्गत आइतबार संविधान दिवसको अवसरमा भीमफेदी कारागारका २१ जना कैदीबन्दीको कैद मिनाह भएको हो।भीमफेदी कारागारका प्रमुख नारायण पाण्डेका अनुसार कैद मिनाह हुनेमा ९ जना कर्तव्य ज्यान मुद्वाका, ४ जना चोरी मुद्वाका, ५ जना सवारी ज्यान मुद्वाका, २ जना ज्यान मार्ने