पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका छन् । खरेलले आइतबार बिहान पोखरामा आमसञ्चारलाई व्यवसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गरेका हुन् । सनचार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा आमसञ्चार क्षेत्रमा रहेका समस्या,अनलाइन मिडया तथा पत्रकारिता क्षेत्रका सनसामयिक विषयमा सरोकारवालाबीच अन्तरक्रिया हुनेछ ।
काठमाडौं । ट्युनिसियालाई हराउँदै नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । मोरक्कोमा जारी प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा नाइजेरियाले ट्युनिसियालाई ३–२ ले हरायो । खेलमा नाइजेरियाका भिक्टर ओजिमेन, विल्फ्रेड एन्डीडी र आडामोला लुकम्यानले एक–एक गोल गरेपछि टोलीले ३–० को अग्रता लियो । तर ट्युनिसियाका मोन्तासर ताल्बी र अलि […]
काठमाडौँ। सुन्तलाका लागि पकेट क्षेत्र पोखरा महानगरपालिका वडा नम्बर–२१, हर्राबोट क्षेत्रको घरघरमा लटरम्म सुन्तला फलेका छन्। पोखरा महानगरपालिकामा उत्पादन हुनेमध्ये आधा उत्पादन हुने उक्त क्षेत्रमा अहिले किसानलाई सुन्तला विक्रि गर्ने चटारो चलिरहेको छ। केही किसानले एकैपटक ठेक्का दिन्छन् त कसैले बजारमा लगेर विक्रि गर्छन्। उक्त क्षेत्रमा ३५०० देखि ४ हजार मेट्रिक्टन सुन्तला उत्पादन हुने गरेको […]
रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीमा गएर प्रतिनिधिसभा तथा प्रधानमन्त्रीको उम्मेदवार हुने काठमाडाैंका मेयर बालेन शाहको सहमतिमा धरानका मेयर हर्क साम्पाङले कटाक्ष गरेका छन् ।
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्। उनले भने “मोफसलको पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस सृजना गर्नु आजको आवश्यकता छ ।” लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी ‘न्यूज फेस्टिभल’को आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले […]