सिमकोट – हिमाली जिल्ला हुम्लामा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीले मूल्यसूची नराखीकनै व्यापार गरेको गुनासो आएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सरोकारवाला पक्षसँग आयोजना गरेको बजार अनुगमनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सो गुनासो सेवाग्राहीबाट आएको हो। सञ्चारकर्मी ओवराज शाहीले सदरमुकाम सिमकोट सञ्चालित अधिकांश व्यापारीले पसलमा मूल्यसूची नराखीकनै सामान बिक्री गर्ने गरेको गुनासो सुनाए। उनले […]