काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मित्रवत् प्रतिस्पर्धा गर्ने भनिएका ठाउँमा समझदारी बनाएर उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । पार्टी महासचिव डा. बेदुराम भुसालले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘यस निर्वाचनमा पार्टी निर्णय विपरित स्वतन्त्ररुपमा उम्मेदवार दिएका हाम्रो पार्टी सम्वद्ध सबै व्यक्तिहरूलाई पहिले नै कारबाही गरिसकिएको […]