नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट– नेपाल टेलिकमभन्दा एनसेल राम्रो

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमलाई समेटेर काठमाडौं उपत्यकाको मोबाइल सेवाको गुणस्तर परीक्षणमा एनसेल राम्रो देखिएको छ। परीक्षणमा फोन स्थापना हुने समय नेपाल टेलिकमको ९.३४ सेकेन्ड, एनसेलको ५.२७ सेकेन्ड र स्मार्टको १०.२६ सेकेन्ड र आफै फोन विच्छेद हुने दर नेपाल टेलिकममा ०.८७ प्रतिशत, एनसेलमा ०.२ प्रतिशत र स्मार्टमा ०.४५ प्रतिशत रहेको छ।

सम्बन्धित सामग्री

एनसेल वुमन आइकन आईसीटी अवार्डबाट प्रधान सम्मानित

काठमाडौं (अस) । नेपालकी पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आईसीटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधामध्ये आईसीटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आईसीटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् । काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा एनसेल वुमन आइकन आईसीटी अवार्ड प्रधानलाई प्रदान गरिएको हो । प्रधानलाई एनसेलले आईसिटीमा उनको योगदानको कदर गर्दै विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसन (डीईआई) लाई प्रोत्साहन गर्ने कम्पनीको नीतिअनुरूप आइसिटी अवार्डमा आबद्ध भई ३ लाख रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक दीपेश आचार्य, एनसेलका चिफ इन्फरमेसन अफिसर विशालमणि उपाध्याय र कर्पोरेट कम्युनिकेसन तथा सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले अवार्ड विजेता प्रधानलाई सिल्ड, सर्टिफिकेट तथा चेक संयुक्त रूपमा प्रदान गरे । प्रधानले नेपालको आईसीटी क्षेत्रमा ३५ वर्षदेखि योगदान पुर्‍याउँदै आएकी छिन् । नेपाल टेलिकम तथा सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष महत्वपूर्ण स्थान र पदमा रही काम गरेकी प्रधान हाल वुमन इन आइटी संस्थालाई नेतृत्व गरिरहेकी छन् । नेपाल टेलिकममा कम्प्युटर इन्जिनियरको रूपमा करियर सुरु गरेकी प्रधानले प्रवक्ता र निर्देशकसमेतको जिम्मेवारी वहन गरेकी थिइन् । प्रधानले केही वर्षदेखि वुमन इन आइटी सस्थाको अध्यक्षमा रही यस क्षेत्रमा महिला सशक्तीकरण र सहभागिता बढाउन सचेतनात्मक कार्यक्रम, तालिम तथा रिसर्चमा काम गरिरहेको कम्पनीले बताएको छ । वुमन आइकन आईसीटी अवार्ड विजेता प्रधानसँगै अन्य ११ विधामा विशिष्ट व्यक्ति, संस्था, प्रडक्ट र स्टार्टअपले अवार्ड प्राप्त गरे । अवार्ड कार्यक्रममा सञ्चार मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, एनसेललगायत ३० भन्दा बढी संस्थाको सहकार्य थियो ।