एमसीसीबारे श्वेतपत्र जारी गर्न हृदयेश त्रिपाठीको माग

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले एमसीसीका बारेमा श्वेतपत्र जारी गर्न माग गरेका छन् । प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले एमसीसीका सन्दर्भमा विभिन्न दल र नेताहरुले एक अर्कामाथि आरोप लगाउने काम भएको भन्दै यो कहिलेबाट सुरु भयो र कसको पालामा के के भयो भन्नेबारे श्वेतपत्र जारी गर्नुपर्ने बताए ।उनले एमसीसीबारे छलफल गर्न संसदमा भएको ‘वेल घेराउ’बाट नभइ सत्तारुढ गठबन्धनबाटै समस्या रहेको बताए । सत्ता गठबन्धनका केहीले एमसीसीबारे समर्थन र केहीले विरोध गर्दै आएक