कोरोना कहरले विश्व अर्थतन्त्रसँगसँगै नेपालको अर्थतन्त्र पनि निकै सुस्ताएको थियो । आर्थिक क्रियाकलाप निकै शिथिल बन्दा आन्तरिक रूपमा वस्तु तथा सेवाको उत्पादनमा उल्लेख्य ह्रास आएको थियो । फलस्वरूप कोरोना कहरका बेला नेपालको आर्थिक वृद्धिदर २.४ प्रतिशतले ऋणात्मक हुन पुगेको थियो । कोरोना कहरको चौतर्फी प्रभावमा केही सुधार आएपछि देशको अर्थतन्त्रमा पनि सुधार देखिएको थियो । […]