नेकपा माओवादी केन्द्रले नेपाली समाजको अर्थ राजनीतिक चरित्र दलाल पुँजीवादी रहेको निष्कर्ष निकालेको छ । अर्थतन्त्रमा विकासको मुख्य बाधक नै दलाल पुँजीवाद रहेको निष्कर्ष सो पार्टीको छ । नेपालको हरेक क्षेत्रमा दलालतन्त्रको बोलवाला रहेको पनि उसले जनाएको छ । पार्टीबाट निर्वाचित देशभरका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखको राजधानीमा जारी भेलामा प्रस्तुत कार्यपत्रमा सो विषय उल्लेख गरिएको छ । पार्टी आर्थिक तथा योजना विभागका प्रमुखसमेत रहेका माओवादी केन्द्रीय कार्यालय