भारतमा कोरोनाभाइरसबाट थप झण्डै २३ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ नयाँ सङ्क्रमित भएका हुन् । सोही अवधिमा कोरोनाका कारण ४०६ को मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये एक हजार ४३१ जनालाई भने ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीले …