अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा अनुत्पादक क्षेत्रमा खर्च कटौती गरिने बताएका छन् । प्रतिनिधिसभामा आइतबार बिनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्दै महतले आगामी बजेट रोजगारी सिर्जना गर्ने, सुशासन तथा सेवा प्रवाह सुधारमा केन्द्रित रहने बताए ।