काँग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं। नेपाली काँग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन्। आमन्त्रित केन्द्रीय सदस्यलाई विधानमा अधिकार सङ्कुचित गरिएको भन्दै उनीहरूले राजीनामा दिएका हुन्। २२ जनाको तर्फबाट कृष्णकिशोर घिमिरेले संयुक्त राजीनामा पत्र सभापति शेरबहादुर देउवालाई बुझाएको कुमार खड्काले बताए। काँग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि आमन्त्रित केन्द्रीय सदस्य भने तलबाटै निर्वाचित हुनुपर्छ।

सम्बन्धित सामग्री

काँग्रेस आमन्त्रित केन्द्रीय सदस्यहरुद्वारा सामूहिक राजीनामाको चेतावनी

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य सरह स्वतः महाधिवेशन प्रतिनिधि आउने प्रावधान आफूहरुको हकमा लागू नभए सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । पार्टी पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको तर आमन्त्रित केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि हुन वडाबाटै चुनाव लडेर आउनुपर्ने प्रावधान सच्याउनका लागि दबाब दिन सामूहिक राजीनामाको घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले जानकारी दिए । केन्द्रीय समितिमा हाल २२ आमन्त्रित केन्द्रीय सदस्य छन् ।

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं । विधानको व्यवस्थामा असहमति जनाउँदै कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । महासमिति बैठकले गरेको निर्णय अनुसार केन्द्रीय सदस्य पनि वडामा गएर चुनाव जितेर आउनुपर्ने व्यवस्था हटाएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।  आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेले आफ्नो नेतृत्वमा २२ केन्द्रीय सदस्यले राजीनामा दिएको पुष्टि...