सन् २०२० मा कोरोनाभाइरस महामारीका कारण सिनेमाहलहरू लामो समय बन्द गर्नुपरेको थियो ।
गत अक्टोबर महिनादेखि हल खुलेको भए पनि सबै सीटमा दर्शक बस्न दिने अनुमति थिएन ।
तर भारतको केन्द्र सरकारले सबै सीटमा दर्शक बस्न पाउने अनुमति सोमवारदेखि लागू हुने गरी दिएको छ ।
नयाँ निर्देशिकामा सरकारले सिनेमाहल शत प्रतिशत कपासिटीमा सञ्चालन गर्न दिने भनेको हो ।
तर सिनेमाहलहरूले नयाँ नियम पालन चाहिँ गर्नुपर्छ । हल प्रवेश गर्ने सबैले मास्क अनिवार्य रूपमा लगाउनुपर्छ । हल प्रवेश गर्ने र बाहिर निस्कने सबै ढो...