२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए व्यवसायी गोपाल हमाल । नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडसँग पराजित भएका हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए ।दलीय राजनीतिमा स्वतन्त्र उम्मेदवारले जित्न नसक्ने महसुस गरेपछि उनी विवेकशील साझा पार्टीमा आवद्ध भएर प्रदेश संयोजक बने । विवेकशील साझा पार्टीलाई प्रदेशमा नेतृत्व गर्दै उनले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई मैदानमा उतार