अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव सोमबार हुँदैछ । चार वर्षे कार्यकालका लागि नेपाली फुटबलले नयाँ नेतृत्व पाउँदैछ । नयाँ नेतृत्वका लागि अध्यक्षदेखि लिएर सदस्यसम्मका पदका लागि ठूलो धनराशि खर्चेर मत आफ्नो पक्षमा पार्न सबै लागि रहेका छन् ।यस्तो समयमा निर्वाचन समितिले आर्थिक चलखेल भएको विषयलाई प्राथमिकताका साथ निगरानीमा राखेको छ । तर, एन्फामा महासचिव र कर्मचारी नै चुनावी माहोलमा होमिँदा निर्वाचन समितिलाई नियमन गर्न सकस परेको छ ।निर्वाचनमा हुने आर्थिक चलखेललाई खासमा एन्फाको ‘इथिक्स&rsquo