अहिले सेयर बजारमा निकै निराशा देखिन्छ । एक दिनमा नै २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको दोस्रो बजारमा अहिले दैनिक ५० करोड रुपैयाँको हाराहारीमा छ । अहिले कम्पनीहरु गत वर्षको कारोबारबाट भएको नाफाको प्रतिफल वितरण गर्ने गृहकार्यमा छन् ।कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा वार्षिक साधारणसभा गरिसक्नुपर्छ । सोही कारण कम्पनीहरु वार्षिक साधारणसभा गरेर गत आर्थिक वर्षसम्ममा जम्मा भएको सेयरधनीलाई वितरण गर्न मिल्ने रकम वितरण गर्ने गृहकार्यमा छन् ।नाफा भित्र्याउने मौसम सुरु भएपनि सेयर