काठमाडौं : कैलाली र बाँकेका अस्पतालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गएराति देखि आज बिहानसम्म तीन जनाको धनगढीस्थित सेती अस्पताल र तीनको प्राइभेट अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।सेती अस्पतालमा धनगढीका ५० र ४५ वर्षीय पुरुष र कन्चनपुरका ६० वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै प्राइभेट अस्पताल कैलाली लम्किचुहाका ४३ वर्षीय पुरुष र टिकापुरका ५० वर्षीय दुई जना पुरुषको म