संक्रमणकालीन न्यायसम्बन्धी अध्यादेश ल्याउने हल्लामा सत्यता छैनः कानूनमन्त्री शर्मा

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानून अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको बताएका छन्। मंगलबार एड्भोकेसी फोरमले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै कानूनमन्त्री शर्मा सो कुरा बताएका हुन्।