उपचारार्थ भर्ना भएका सात वर्षीय बालकको मृत्युपछि तनाव

  विराटनगरको बरगाछीस्थित लाइफ गार्ड हस्पिटल प्रालि आज दिनभरि तनावग्रस्त बनेको छ । उपचारार्थ भर्ना भएका सात वर्षीय बालकको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि हस्पिटल दिनभर तनावग्रस्त बनेको हो । सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेका सात वर्षीय करन मण्डलको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै दिनभर प्रदर्शन गरेका थिए ।      गत फागुन २६ गते राति ९ बजे करनले बान्ता गर्न थालेपछि लाइफ गार्ड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पताल ल्याउँदा करनको...