नेकपा एमालेको बैठक ललितपुरको च्यासलमा बसिरहेको छ । विधान संशोधन प्रस्तावमा छलफल गर्न बैठक बसेको हो । बैठकमा स्थायी कमिटी सदस्य र केही केन्द्रीय सदस्य सहभागी छन् ।
आज तयार हुने प्रस्ताव अनुमोदनका लागि साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
एमालेले भदौ २७ र २८ गते काठमाडौंमा विधान महाधिवेशन गर्दैछ ।