सरकारले मासिक २० हजार लिटरसम्म खानेपानी महशुल यसै महिनादेखि निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मासिक २० हजार लिटरसम्मको खानेपानी महशुल यसै महिनादेखि छुट दिई निःशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।
गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गरी नागरिकको स्वास्थ्यमा सुधार ल्याउन सरकारले यस्तो व्यवस्था गरेको हो ।
बजेट वक्तव्यमा अर्थमन्त्री पौडेलले भनेका छन्, ‘गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गरी नागरिकको स्वास्थ्यमा सुधार ल्य...