राष्ट्रिय जनमोर्चाका सांसदले सही नगर्दा गण्डकीमा नयाँ सरकार बन्‍न सकेन

काठमाडौं। गण्डकी प्रदेशमा कांग्रेस-माओवादी-जसपा गठबन्धनको सरकार बनाउने प्रयास तुहिएको छ। अन्तिम समयसम्म पनि राष्ट्रिय जनमोर्चाका सांसदहरुले गठबन्धनको पक्षमा हस्ताक्षर नगरेपछि नयाँ सरकार बन्‍न नसक्ने भएको हो। अब फेरी ठूलो दलको हैसियतले पृथ्वीसुब्बा गुरुङकै नेतृत्वमा सरकार बन्‍ने छ। उक्त सरकारले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने छ। मुख्यमन्त्री गुरुङले राजीनामा गरेपछि नयाँ सरकार गठनको लागि दिएको म्याद आज सकिएको छ।