बिर्तामोड नगरपालिकाद्वारा तीन विधेयक पास

झापाको बिर्तामोड नगरपालिकाले तीन  विधेयक पास गरेको छ । नगरको विशेष नगर सभामार्फत आज आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मत पास भएको हो ।नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९ सभामा प्रस्तुत गर्नुभएको थियो भने विधेयक समिति संयोजक शर्मिला राजवंशीले शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र यातायात व्यवस्थापन