अर्थतन्त्रमा उत्पन्न संकटमा समाधान खोज्न उचित पहल गर्नुपर्ने समयमा सरकारले प्रतिशोधको भावनाले नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको छ । अर्थतन्त्रमा हाल देखापरेको संकट मौद्रिक नीति भन्दा पनि वित्तीय, वाणिज्य र औद्योगिक नीतिको असफलता प्रमुख कारण हो । जसको कार्यान्वयनको जिम्मेवारी केन्द्रीय बैंकको भन्दा पनि नेपाल सरकारको र...