नेपालले घरेलु मैदानमा जिम्बाब्वे 'ए' सँग खेल्ने शृङ्खलाकाे तालिका सार्वजनिक

काठमाण्डौ – नेपालले घरेलु मैदानमा जिम्बाब्वे 'ए' सँग खेल्ने एकदिवसीय र टी–२० क्रिकेट शृङ्खलाको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज शुक्रवार नेपाल र जिम्बाब्वे 'ए' बीच हुने तीन एकदिवसीय र तीन टी–२० शृङ्खलाको तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार नेपाल र जिम्बाब्वे 'ए' बीच पहिलो एकदिवसीय क्रिकेट आउँदै वैशाख १७ गते शनिवार हुनेछ । यस्तै दोस्रो एकदिवसीय क्रिकेट वैशाख १९ गते र तेस्रो एकदिवसीय क्रिकेट वैशाख २१ गते हुनेछ । नेपाल र जिम्बाब्वे '...