बाग्लुङ–बेनी सडक खण्ड : जताततै खाल्डाखुल्डी, यात्रुलाई सास्ती

बाग्लुङ - बाग्लुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडककाे अवस्था जीर्ण भएकाे छ । याे सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको छैन । कालोपत्र उप्किएको छ ।  बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ । तर बाढी र पहिराेले कालोपत्र बगाएको छ । रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको कालोपत्र उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको छ । सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको भए पनि सडकको अवस्थामा खासै सुधार आउन सकेको छैन ।  यस्तै रत्नेचौरबाट खबर...