भरतपुर महानगर: एकीकृत सहरी विकास गुरुयोजना तयार गरी दिगो पूर्वाधार निर्माणमा प्राथमिकता

भरतपुर । भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ ।

सम्बन्धित सामग्री

‘आइटी हब’ को गुरुयोजना बनाउँदै भरतपुर महानगर

चितवन- भरतपुर महानगरपालिकाले सूचना प्रविधि (आइटी) को हब बनाउन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा काम अघि बढाएको छ। युएसएआइडीले परामर्शदाता (कन्सल्टेन्ट) नियुक्त गरेर काम अघि बढाएको हो। युएसएआइडीले डिलोइट (आइटीसम्बन्धी परामर्श दिने कम्पनी) लाई परामर्शदाता छनोट गरी काम अघि बढाएको छ। महानगरपालिकाका इन्जिनियर साकार लामाका अनुसार यो विश्वको चौथो ठूलोमध्येको आइटी परामर्श कम्पनी हो। […]

बजेटमा आर्थिक विकास र गरिबी निवारणलाई प्राथमिकता दिंँदै भरतपुर महानगर

चितवन  । भरतपुर महानगरपालिकाको आगामी आर्थिक वर्ष  २०८०/०८१ को बजेट तथा कार्यक्रम तर्जुमा गर्दा आर्थिक विकास र गरिबी निवारणका कामलाई प्राथमिकता दिइने भएको छ । यसका लागि महानगरका २९ ओटै वडालाई निर्देशन समेत दिइएको छ ।  वडागत बजेट दुई करोड ६० लाख रुपैयाँ सिलिङअन्तर्गत रही तयार गर्न पनि निर्देशन दिइएको भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जानकारी दिए  । उनका अनुसार महानगर अन्तर्गतका सम्पूर्ण वडाहरूले आफ्नो वडाहरूमा योजना तथा कार्यक्रमको प्राथमिकताको आधार बनाई वडागत योजना तथा कार्यक्रम छनोट गर्नुपर्ने भनी निर्देशन दिइएको छ । जसअनुसार वडास्तरीय पूर्वाधार विकास योजना न्यूनतम ४० प्रतिशत, ग्राभेलिङका लागि न्यूनतम पाँच प्रतिशत, शैक्षिक विकासमा न्यूनतम १० प्रतिशत, स्वास्थ्यमा पाँच प्रतिशत, लक्षित वर्गको क्षमता विकासमा तीन प्रतिशत, कृषि तथा पशु विकासमा पाँच प्रतिशत, शीप विकासमा दुई प्रतिशत, पर्यटन पूर्वाधारमा दुई प्रतिशत, अन्य पूर्वाधारमा १८ प्रतिशत, विपद् व्यवस्थापनमा चार प्रतिशत र आकस्मिक पुँजीगत कार्यमा तीन प्रतिशत गरी कुल दुई करोड ६० लाखको वडागत बजेट सिलिङ तयार पार्न परिपत्र गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत रानाले बताए । समग्र देशको तथा महानगरको आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने योजना तथा कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखी योजना छनोट गर्नुपर्ने उल्लेख गरिएको छ । जनताको जीवनस्तरमा प्रत्यक्ष सहयोग पुग्ने गरी आम्दानी तथा रोजगारी सृजना बढाउन योगदान पुर्‍याउने योजना तथा कार्यक्रम छनोट गर्ने स्थानीय बासिन्दाहरूको सहभागिता जुट्ने, स्वयंसेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने योजना छनोट गर्ने र स्थानीय स्रोत, साधन, ज्ञान, शीपको अधिकतम प्रयोग हुने खालका योजना तथा कार्यक्रम छनोट गर्न सबै वडालाई परिपत्र गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए । प्राथमिकताका अन्य आधारहरूमा महिला, बालबालिका तथा पिछडिएको वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने र लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने योजनाहरूलाई प्राथमिकतामा राखी समतामूलक समाज निर्माण गर्न मद्दत पुग्ने योजना तथा कार्यक्रम छनोट गर्ने भनेर निर्देशन गरिएको छ । यसैगरी दिगो विकासका लक्ष्यलाई हरेक नागरिकको दैनिक जीवन पद्धतिलाई लाभ हुने गरी वडागत योजना तथा कार्यक्रमसँग मूलप्रवाहीकरण, स्थानीयकरण तथा संस्थागत हुने गरी योजनाहरूको छनोट गरी मानव, वातावरण र प्रकृतिसँगको सानिध्यतामा खलल नपुग्ने खालका योजनाहरूको छनोट गर्ने, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुग्ने, वडास्तरीय योजना छनोट गर्दा स्थानीय बुद्धिजीवी, विषय विज्ञ, अनुभवी, पेसाविद्, सीमान्तकृत तथा लोपोन्मुख समुदाय, महिला, बालबालिका, दलित, युवा, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सरोकारवालाहरूको सक्रिय सहभागिता गराई कार्यक्रम छनोट गर्न वडा तहमा निर्देशन गरिएको छ । त्यसैगरी युवा उद्यमशीलता संस्कृति विकासका लागि युवा स्वरोजगार कार्यक्रमलाई विशेष प्राथमिकता प्रदान गर्ने खालका योजना तथा कार्यक्रमलाई विशेष ध्यान दिने, एक आर्थिक वर्षभित्र कार्यान्वयन गर्न सकिने उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न सहयोग पुग्ने र छिटो प्रतिफल प्राप्त गर्न सकिने उत्पादनमूलक योजना मात्र छनोट गर्ने, पूर्वाधार विकासमा योजना छनोट गर्दा १० लाखभन्दा कम लागतको योजना छनोट नगर्ने भनी निर्देशन भएको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए ।

भरतपुर महानगर प्रमुख दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ । महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताइन् ।भेटका क्रममा प्रमुख दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरका रुपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरिन् । चितवन कृषिमा अब्बल

भरतपुरमा एमालेले खाता खोल्यो

काठमाडौं :  चितवनको भरतपुर महानगर पालिकामा नेकपा एमालेले खाता खोलेको छ। भरतपुर महानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा विकास थापा विजयी भएसँगै एमालेले भरतपुरमा खाता खोलेको हो। उनले १६६६ मत पाउँदा लामिछानेले १०४९ मत पाए। भरतपुरको वडा नम्बर ३ कांग्रेसको गढ मानिन्छ। तर यसपटक वडाध्यक्ष उम्मेदवार बनाउने बेलामा यहाँ विवाद भएको थियो।वडा नम्बर ३ को अध्यक्षका लागि कांग्रेसबाट तारामित्र पण्डितको नाम मात्र सिफारिस भएको थियो उनलाई  वेवास्ता गर्दै क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले आ

भरतपुरको विकास : सडक बन्यो ढल छैन

भरतपुुर । पूर्वाधार विज्ञ सूर्यराज आचार्यले भरतपुर महानगरपालिकाको पाँच वर्षे नेतृत्वमा व्यवस्थित सहरी विकासको सोच नदेखिएको बताएका छन् । भरतपुर महानगर सडकलगायतका पूर्वाधार निर्माणमा उल्टो बाटो हिँडेको उनी बताउँछन् । भरतपुरमा वर्षेनी मान्छेको चाप अत्यधिक बढ्दै गएको अवस्थामा व्यवस्थित सहरी विकासलाई भने प्राथमिकता नदिइएको उनले बताए । ‘भन्दा पूर्वाग्राही भएर भन्यो भन्लान् तर मैले एउटा […] The post भरतपुरको विकास : सडक बन्यो ढल छैन appeared first on राजधानी राष्ट्रिय दैनिक.

भरतपुर महानगर त विकासको मोडल नै भयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दावी गरेका छन् । अध्यक्ष दाहालले छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा त सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित छ भनेर एउटा संसदीय समितिको रिर्पोटले देखाएको बताए ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईलाई पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीले जित हासिल गरेको स्थानीय तहमा मात्रै र

कामना सेवा विकास बैंकका थप तीन शाखा विस्तार

काठमाडौं (अस) । कामना सेवा विकास बैंकले चितवनका विभिन्न स्थानमा एकैसाथ तीन वटा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले चितवनको खैरहनी नगरपालिका–८ स्थित पर्सा बजार, कालिका नगरपालिका–४ स्थित पदमपुर र भरतपुर महानगर–२५ स्थित अमृत चोकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । व्यवसाय विस्तारका क्रममा ननयाँ उत्पादन तथा बृहत् शाखा सञ्जालमार्फत ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको बैंकले बताएको छ । बैंकिङ पहुँच नपुगेका ग्रामीण भेग तथा सहरी क्षेत्रमा समेत शाखा विस्तार गर्दै जाने लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए । हाल बैंकले १३२ शाखा, १ विस्तारित काउन्टर, ४ शाखारहित बैंकिङ तथा ७७ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।