गत चैत २८ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्नु पर्नेमा जोड दिँदै प्रदेश समितिलाई परिपत्र पठाए । त्यो परिपत्रमा विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला उम्मेदवार खडा गर्नुपर्ने उल्लेख छ । परिपत्रमा भनिएको छ, ‘प्रत्येक पालिका अन्तर्गत कम्तीमा एउटा वडाध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्नुपर्ने छ ।’