परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा थप दुई सेवा विस्तार
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले थप दुई सेवा विस्तार गरेको छ। अस्पतालमा गर्भवती तथा सुत्केरीहरुको लागि मानसिक स्वास्थ्य सेवा तथा बालबालिकामा जन्मजात रुपमा हुने विकलांग अवस्थाको पहिचान गर्ने सेवा सुरु गरिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाली नागरिक गरिब भएकै कारणले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने बताउनुभएको छ । गरिब विपन्नको परिचयपत्र नभएसम्मका लागि वडाको सिफारिसमा निःशुल्क उपचार हुने व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कुपण्डोल परिसरमा नवनिर्मित ‘सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवन’को उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवा नागरिकको …