राजनीतिक दलका घोषणापत्र: नागरिक आकांक्षाको विनिमय

यही वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि प्रतिस्पर्धी दलहरुले आकर्षक भाषामा चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् । नागरिकका आवश्यकता र चाहनाको परिपूर्तिका लागि राजनीतिक नेतृत्वले कार्यान्वयनयोग्य वाचा–कबुलका रुपमा घोषणा गर्नुपर्नेमा पूरा नहुने कार्यक्रमसमेत राखिएका छन् ।