काठमाडौं । गृह मन्त्रालयले बिना स्वीकृति प्रहरी अधिकारीले नेताका घर धाउन नपाउने भन्दै निर्देशन दिएकाे छ । कर्तव्य पालनाबाहेकको अवस्थामा प्रहरी अधिकारीले नेता तथा कूटनीतिक नियोगका व्यक्तिलाई भेट्दा पूर्वस्वीकृति समेत लिनुपर्ने गृहले दिएकाे निर्देशनमा उल्लेख छ । संगठनको कामबाहेकको अवस्थामा भेटघाटका लागि स्पष्ट प्रयोजनसहित विभागीय स्वीकृति लिनुपर्ने गृह मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएकाे छ […]