पूर्वी लद्दाखमा तनाव जारी रहेको अवस्थामा भारतले आइतवार चीनसँग १३औं चरणको सैन्य वार्ता गरेको छ ।
मोल्दोमा भएको वार्ता लगभग साढे ८ घन्टा चलेको थियो । भारतले आमनेसामनेको स्थिति रहेको बाँकी विन्दुहरूमा सैनिकहरूलाई छिटो फिर्ता बोलाउनका लागि जोड दिएको छ ।
उता चीनले भने भारतको असुहाउँदो मागका कारण वार्ता सफल नभएको बताएको छ ।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले चिनियाँ जनमुक्ति सेनाको वेस्टर्न थिएटर कमान्डलाई उद्धृत गर्दै भारतले अनुचित माग राखेकाले वार्तामा अप्ठ्यारो स्थिति आइरहेको लेखेको छ । ...