सरकारकै बेवास्ताका कारण बढ्यो डेंगुको प्रकोप

डेंगु प्रकोपले जटिलता आउन सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् । सरकारले डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न र जनचेतना अभियानचलाउन नसक्दा काठमाडौं उपत्यकासँगै देशभर प्रकोप देखिएको उनीहरु बताउँछन् । साउन महिनायता डेंगुको संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ भने ७५ जिल्लामा डेंगु फैलिदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ ।सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित हुँदा ६ जनाको मृत्यु भएको थियो । त्यसबेला जम्मा ६८ जिल्लामा डेंगुका केस पुष्टि भएको थियो । अहिले ४ वर्ष पहिलेको भन्दा