ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तिब्बतसँग सीमा जोडिएको टिपताला नाका खुला गर्न पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । गाउँपालिकाले आज मङ्गलवार एक पत्रमार्फत् प्रशासन कार्यालयलाई टिपताला नाका खुला गर्न सहजीकरण गरिदिन अनुरोध गरेको हो ।
कोरोना महामारीका कारण लामो समयदेखि यो नाका बन्द छ । नाका बन्द हुँदा स्थानीयवासीले उत्पादन गरेका पशुजन्य सामग्री, जडीबुटी, गलैँचालगायतका सामान निर्यात गर्न पाएका छैनन् । फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ७ मा रहेको यो नाकामार्फत स्था...