काँग्रेस महाधिवेशन : डोटीमा सभापतिका लागि पुनः मतदान

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत डोटीमा पार्टी सभापतिका लागि पुनः मतदान हुँदैछ । मङ्गलबार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत कसैले पनि ल्याउन नसकेका कारण आज पुनः मतदान हुन लागेको हो ।जिल्ला सभापतिमा भूमिराज बडु र नरेन्द्रबहादुर सिंहबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन समितिका अनुसार मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार थिए । नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गरेका थिए । एकाउन्न

सम्बन्धित सामग्री

काँग्रेस महाधिवेशन : बागमतीमा पुनः मतदान सुरु, इन्द्रलाई भीमसेनको साथ

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । हेटौँडामा  आइतबार दिउँसोबाट मतदान सुरु भएको हो । बिहान साढे ११ बजे मतदानका लागि समय निर्धारण गरिएपछि  दिउँसो साढे १ बजेबाट सुरु  भएको छ ।शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा सकेको पनि ५० प्रतिशतभन्दा बढी कट्न सकेन । पहिला चरणमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समूह बाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थि