रुकुम – रुकुम (पूर्व) को पुथा उत्तरगङ्गा गाउँपालिकाले विद्यालयबाहिर रहेका बालबालिका र निरक्षर नागरिकहरूको तथ्यांक संकलन गर्ने भएको छ । गाउँपालिकाले तथ्यांक संकलननकर्तालाई आवश्यक तालिम दिएर १४ वटै वडामा एक-एकजना संकलनकर्ता परिचालन गरेको छ । गाउँपालिका शिक्षा शाखाप्रमुख रामप्रसाद खड्काका अनुसार गाउँपालिकाले निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रमलाई लक्षित गरेर विद्यालयबाहिर रहेका बालबालिका तथा निरक्षर व्यक्तिहरूको […]