कञ्चनपुरको लालझाडीमा नेकपा एमालेका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताको बीचमा झडप भएको छ । एमालेका युवाहरुको आक्रमणबाट लालझाडी गाउँपालिका–१ का माओवादी केन्द्रका उम्मेदवार दिनेश राना घाइते भएका छन् । रानालाई उपचारका लागि धनगढी स्थित मायामेट्रो अस्पताल भर्ना गरिएको छ ।कञ्चनपुर क्षेत्र नम्बर–१ कि सांसद बिना मगर लालझाडी गाउँपालिका–१ मा गएर भोट मागेको निहुँ बनाएर एमालेका कार्यकर्ताले विवाद गरेका थिए । स्थानिय रामप्रसाद रानाको घरमा उनको छोरा रोहित रानाको जन्म दिनको अवसरम